काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मोहरा बनाएको आरोप लगाएका छन्।
पाँच दलीय गठबन्धनको आइतवार बसेको बैठकले आगामी वैशाखमा स्थानीय तह निर्वाचन नगर्ने निष्कर्ष निकालेपछि पोखरेलले देउवा प्रचण्डको मोहरा बनेको आरोप लगाएका हुन् ।
उनले भनेका छन्,‘हिजो देउवा चुनाववाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ। हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड ।’
एमालेले बैशाखमा स्थानीय तहको चुनाव गर्न माग गर्दै आएको छ ।




