काठमाडौं । सरकारले यही वैशाख १७ गतेदेखि बोलाएको संघीय संसद्को अधिवेशन स्थगन गरिएको छ ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन स्थगन गरेका हुन् । शीतल निवासबाट जारी विज्ञप्तिमा ‘विशेष कारणवश’ भन्दै अधिवेशन स्थगन गरिएको उल्लेख छ ।
यसअघि बुधबारको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को अधिवेशन आह्वान गरिएको थियो । तर आज पुनः अर्को पत्रमार्फत अधिवेशन स्थगन गरिएको शीतल निवासले जनाएको छ । नयाँ मिति भने तोकिएको छैन ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार आजको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार अधिवेशन स्थगन गरिएको हो ।





