अर्थ

वाणिज्य बैंकहरूको ९ महिनामा ४१ अर्ब बढी नाफा, कसको कति?

काठमडौं । वाणिज्य बैंकहरुले ९ महिनामा ४१ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । बैंकहरुले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत चैत मसान्तसम्म आइपुग्दा बैंकहरुको नाफा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने १.४ प्रतिशत मात्रै धेरै हो । जबकि, गत आवको सो अवधिमा बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख बढी खुद नाफा कमाएका थिए ।

समिक्षा अवधमिा ११ वटा बैंकको नाफा मात्रै वृद्धि भएको छ भने ९ वटाको नाफामा गिरावट देखिन्छ ।नाफामा नेपाल बैंकको चामत्कारिक ग्रोथ देखिएको छ । गत आवको तेस्रो त्रैमासमा बैंकले १३ करोड ५ लाख रुपैयाँ मात्रै नाफा कमाएका थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने २१.३२ गुणा बढाएर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ ।

सो अवधिमा पनि सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा नबिल बैंक नै छ । बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा भने बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसपाली नाफामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो पोजिन अघि बढाएको छ । प्रायः तेस्रो–चौंथो सूचीमा उभ्याएको एनआइएमबि यस पटक भने दोस्रो स्थानमा पुगेको छ । बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नाफा वृद्धिदरको आधारमा पनि बैंक दोस्रो सूचीमा छ । नाफामा धेरैजसो दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई भने तेस्रो सूचीमा पुगेकोछ । समिक्षा अवधिमा ग्लोबलले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा ३७.१२ प्रतिशत धेरै हो । नाफामा ग्लोबललाई एनआइएमबिले उछिनेको छ ।

यता, चौथो सूचीमा रहेको एभरेष्टले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको तुलनामा भने ३२.५५ प्रतिशत धेरै हो । नाफा वृद्धिदरमा पनि नेपाल बैंक, एनआइएमबि, ग्लोबल, एभरेष्ट, माछापुच्छ्रे शीर्ष सूचीमा छन् ।समिक्षा अवधिमा माछापुच्छ्रेले नाफा २८.८९ प्रतिशत, सानिमाले १४.८ प्रतिशत, एनएमबिले ५.८७ प्रतिशत, प्रभूले ३.५१ प्रतिशत, नेपाल एसबिआईले ३.३६ प्रतिशत, लक्ष्मी सनराइजले २.२४ प्रतिशत बढाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *