देश

सहकारी पीडितलाई राहत दिने सरकारको घोषणा, ‘बचतकर्ता सुरक्षण कोष’ बन्ने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेको बचतकर्ताको रकम फिर्ता गराउन ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने घोषणा गरेको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।

सरकारले सहकारीमा बचत गरेका नागरिकको रकम सुरक्षित रूपमा फिर्ता गर्ने लक्ष्यसहित कोष स्थापना गर्न लागेको जनाएको छ। नीति तथा कार्यक्रममा कर्ताबाट रकम असुली गरी बचतकर्तालाई भुक्तानी गर्ने व्यवस्था अघि बढाइने उल्लेख गरिएको छ।

यससँगै सरकारले कर्जा सूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा अत्यधिक ऋण, मिटरब्याज र आर्थिक अपराध नियन्त्रणका लागि विशेष पहल गर्ने नीति पनि अघि सारेको छ।

सहकारी क्षेत्रको नियमनलाई व्यवस्थित बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता विस्तार र सुदृढीकरण गरिने सरकारको योजना रहेको छ।
सरकारको यो घोषणालाई सहकारी संकटबाट प्रभावित बचतकर्तालाई राहत दिने प्रयासका रूपमा हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *