राजनीति

पूर्वराजा ज्ञानेन्द्रलाई बोकेर देशमा द्वन्द्व निम्त्याउने खेलमा राप्रपा अध्यक्ष लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन पछिल्लो समय लोकतन्त्र र गणतन्त्रकोविरुद्धमा लागेका छन्। हिन्दु राज्य र पुनः राजतन्त्र स्थापनाको विषयमा पूर्वराजा ज्ञानेन्द्रलाई काँधमा बोकेर आन्दोलनको घोषणासहित सडकमा भिड जम्मा गर्ने र नागरिकहरूलाई भ्रम छर्दै सरकारकाविरुद्धमा सडकसंघर्षलाई अघि बढाउने भन्दै देशैभरी विभिन्न मितिमा जनप्रदर्शन गर्ने अभियानमा लागेका छन् ।

सङ्घीय सङ्घीय सदनमा शान्ति स्थापनाका लागि आन्तरिक छलफल र सहकार्यका माध्यमबाट सिस्टम देखिएका समस्या समाधान गर्नुपर्ने बताउँदै आएका राप्रपा अध्यक्ष लिङदेन शासन प्रणाली बदल्नमा जनआन्दोलन गर्ने लक्ष्यका साथ बढेका छन् । तर सो आन्दोलनले नेपालमा शान्ति स्थापना र समाजमा भातृत्व कायम गर्नुको सट्टा अशान्ति जन्माउने खेल भएको सत्ता केन्द्रित लोकतान्त्रिक तथा गणतन्त्रवादीहरुले बताउँदै आएका छन् ।

२०८१ भदौ २६ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका थिए । गृह जिल्ला झापाको दमकस्थित हिमालयन टी गार्डेनमा पूर्वराजा शाह र अध्यक्ष लिङ्देनबीच भएको चार घण्टा लामो भेटवार्तामा पार्टी कार्यक्रमका विषयमा छलफल भएको थियो ।

भेटमा पूर्वराजासँग लिङ्देनले आफ्नो पार्टीको घोषित कार्यक्रम र राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल गरेको राप्रपाका नेताहरुले बताएका थिए । राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको वकालत गर्दै आएको राप्रपाका अध्यक्ष लिङ्देनले त्यो भन्दा पहिला पनि पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका थिए । सो समयमा अध्यक्ष लिङदेन र पूर्वराजा ज्ञानेन्द्र शाहको भेट बिर्तामोडस्थित एक विद्यालयमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने क्रममा भएको थियो ।

केही दिनअघि ७५औं प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले एक वक्तव्य जारी गर्दै प्रजातन्त्रको भविष्यबारे चिन्ता व्यक्त गर्दै वर्तमान स्थितिलाई संकटपूर्ण र पुन : राजतन्त्र स्थापनाका लागि आफूलाई सहयोग गर्न जनतासँग साथ माग्दै व्यवस्था परिवर्तनका लागि लोकतान्त्रिक गणतान्त्रिक व्ययावस्थामाथि प्रश्न खडा गरेपछि पूर्व राजा शाहको वक्तव्यको पक्षमा हौसिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता र समर्थकहरू उभिएका छन् ।

राप्रपाका महामन्त्री एव सचिवालय प्रमुख राजेन्द्र गुरुङका अनुसार आज पहिलो दिन बृहत् भण्डाफोर कार्यक्रम पोखराबाट सुरु हुँदैछ। उनका अनुसार फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौँ र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ। राजालाई बोकेर लोकतन्त्रविरुद्ध गरिने प्रदर्शन र अभिव्यक्तिलाई नागरिकहरूले जनतामा भ्रम छर्ने आन्तरिक तथा बाह्य द्वन्द्व निम्त्याउन ल्याएको अराजक गतिविधिको संज्ञा दिएका छन् ।

राजतन्त्रवादीको प्रतिक्रियामा सत्ता तथा प्रतिपक्ष दलहरूले राजतन्त्रको जरो नउखालेर लोकतन्त्र तथा गणतन्त्रको स्थापना नभएको भए अहिले राप्रपाले यसरी स्वतन्त्र रूपमा अभिव्यक्ति दिन नपाउने बताएका छन् ।

जनतालाई ज्युँदै जलाउने, सती जानुपर्ने, गरिबमाथिको शोषण ,सामन्तवादी प्रणालीको अन्त्य गर्दै ठुलो त्याग र तपस्या गर्दै १०४ वर्षे राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना हुँदै निर्दल र बहुदल, पञ्चायत र माओवादी सशस्त्र विद्रोह गर्दै नागरिकहरूमा बोल्ने स्वतन्त्र ल्याउने लोकतन्त्र तथा गणतन्त्रवादीहरूको शक्तिलाई राजावादीहरूले कमजोरी ठान्न नहुने सत्ता केन्द्रित दलहरूको निष्कर्ष रहेको छ । नेपाली काँग्रेस, एमाले र माओवादी लगायतका दलहरूले राजतन्त्रलाई अराजक तत्त्वको संज्ञा दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *