काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन शीर्ष दलको उपस्थितिमा भ्रष्टाचारका फाइल खोल्ने विषयमा छलफल गर्न प्रस्ताव गरेका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले समितिको बैठकमा तीन प्रधानमन्त्रीलाई भेला गरेर छलफल गर्न आग्रह गरे ।
राज्य व्यवस्था समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित छन् । अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कानुन न्याय तथा मानव अधिकार समितिमा उपस्थित छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत उपस्थित गराउने र राज्य व्यवस्था समितिमा भ्रष्टाचारको फाइल खोल्नेबारे छलफल गर्नुपर्नेमा महामन्त्री थापाले आफ्नो धारणा ब्यक्त गरे ।
महामन्त्री थापाले कुनै पनि राजनीति दलका नेताहरु भ्रष्ट्राचारमा संलग्न भएकाले देश र समाज परिवर्तनका लागि सबैको छानबिन गर्न आवश्यक रहेको बताए । उनले प्रधानमन्त्रीहरु सरकारमा रहँदा मौन रहने र सरकारबाट बाहिरिएपछि भ्रष्ट्राचारका फाइल खोल्नुपर्ने आवाज निकाल्ने परम्पराको अन्त्य गर्न सबैको छानबिन गर्न आवश्यक रहेको उनको भनाछ ।
‘ महामन्त्री थापालशक्तिशाली आयोग गठन गरेर सबैको सम्पत्ति छानबिन गर्न समेत प्रस्ताव गरेका छन् । महामन्त्री थापाले भ्रष्ट्राचारका विषयमा नेताहरुले एक अर्कामा दोषारोण गर्नुभन्दा आयोग गठन गरेर अगाडी बढ्दा उचित हुने बताए । यसरी हल्लामात्र फैलाउने हो भने समाजमा झन बढि द्वन्द्व बढ्ने र भ्रष्ट्राचारजन्य गतिविधि पनि बढ्ने भएकाले भ्रष्ट्राचारका फाइल खोल्ने विषयमा तीन प्रधानमन्त्रीले सहमति गर्न ढिलो गर्न नहुने उनको भनाइ छ । नागरिकको तहमा सबै जना मानिस भ्रष्टचारमा मुछिएको आरोप लाग्न थालेको भन्दै उनले यस्तो बताएका हुन् ।




