काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्था स्थायी भएको भन्दै
सुदृढीकरण गरेर अगाडी बढ्नु पर्ने बताएका छन् । मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा ब उनले यस्तो बताएका हुन् ।
‘ सभापति देउवाले आजको गणतन्त्र सफल पार्न सबैको कर्तव्य भएकाले गणतन्त्रलाई सुदृढ बनाएर अगाडी बढ्नुपर्ने बताएका छन् । अहिलेका मधेश पहाड हिमाल पूर्व पश्चिम सम्पूर्ण नेपालीको एकता मेलमिलाप हो, सभापति देउवाले भने । मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि आवश्यक भएको उल्लेख गर्दै सभापति देउवाले देशभरका लागि राष्ट्रिय मेलमिलाप आवश्यक रहेको बताए । सभापति देउवाले राष्ट्रिय मेलमिलापका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने समेत बताए । सभापति देउवाले बिपी गणेशमान नेपाल फर्केपछि राजतन्त्रको अन्त्य भएको बताए ।




