देश

श्रीमान -श्रीमती रवि र निकिता : लामिछानेविरुद्ध २७ करोड ८९ लाख गैरकानुनी रुपमा सम्पति आर्जन गरेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माका अनुसार रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी भएको छ ।

निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले पाँच जनामाथि जफत प्रयोजनका लागि मुद्दा चलाइएको जानकारी दिइन् । प्रतिवादी बनाइएकाहरुमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गर्दै प्रतिवादी बनाइएको उनको भनाइ छ । लामिछानेकी पत्नी निकिता पौडेलमाथि पनि मुद्दा दायर भएकाे छ ।

सहायक न्यायाधीवक्ता शर्माले आइतबार ३१ जनालाई प्रतिवादी बनाइएकोमा ८ वटा कम्पनीहरु, ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको बताइन् । उनका अनुसार उक्त प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरणमा रवि पत्नी निकिता पौडेल, छविलाल जोशीकी श्रीमती पद्मा, छोरा रोचक जोशी, लिला पछाईंको आमा राधा पछाइँ, दिदी गीता पछाईंको पनि सम्पत्ति जफत गर्न माग गरिएको उच्च स्रोतले जनाएको. छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *