खेलकुद

जुम्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिका प्रथम

जुम्ला । जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदीमा सञ्चालन भएको १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमा गाउँपालिकाका प्रथम भएको छ । शुक्रबार भएको फाइनल खेलमा हिमाले २५ वटा स्वर्ण पदक प्राप्त गरी प्रथम भएको हो ।

चन्दननाथ नगरपालिकाले १४ वटा स्वर्ण पदक प्राप्त गरी दोस्रो स्थान हुँदा पातारासी गाउँपालिका पाँच स्वर्ण पदकसहित तेस्रो भएको हिमा गाउँपालिका खेलकुद तथा शिक्षा शाखा प्रमुख बमबहादुर शाहले जानकारी दिए ।

यसैगरी क्रमशः कनकासुन्दरी गाउँपालिका चौथो, सिंजा पाँचौँ, तिला सातौँ र तातोपानी गाउँपालिकाका आठौँ भएका शाहले जानकारी दिए । यहाँका सातवटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडी जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका उनले बताए ।

जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा कराँते, उशु, तेक्वान्दो, भलिबल, एथलेटिक्स, कबड्डीलगायत खेल भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए । जिल्लाका आठवटा स्थानीय तहमध्ये गुठीचौर गाउँपालिकाबाहेक सात स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *