काठमाडौं । गृहमन्त्री रमेश लेखक लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न आज काठमाडौंबाट भैरहवा जादैँछन् ।गोष्ठीलाई सम्बोधन गर्न गृहमन्त्री लेखक दिउँसो साढे २ बजे बुद्ध एअरको उडानमा त्यता जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गृहमन्त्री लेखक बुधबार दिउँसो मात्रै राजधानी फर्कने कार्यक्रम रहेको छ । भैरहवा जानुअघि गृहमन्त्री बिहान कीतिपुर गएका थिए । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको एनपीएलको खेल अवलोकन गर्न गृहमन्त्री लेखक बिहान ९ बजेपछि त्यता गएका थिए ।
कर्णालीको राजधानी सुर्खेतमा गतसाता आयोजित सुरक्षा निकायहरुको प्रदेशस्तरीय संयुक्त गोष्ठीमा पनि गृहमन्त्री लेखक पुगेका थिए ।




