काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले पेट्रोलियम पदार्थको मूल्यबृद्धि रोक्ने सरकारको योजना माग गरेका छन् ।
आज (मंगलबार) को प्रतिनिधिसभा वैठकमा बोल्दै लिङदेनले पेट्रोलियम पदार्थको मूल्यबृद्धि रोक्ने सरकारको योजना के छ ? भन्दै सरकारसंग जवाफ माग गरेका हुन् । उनले भने, ‘इन्धनमा अत्याधिक कर लगाइएको छ । सरकारको ध्यान यसतर्फ किन ध्यान जान सकेको छैन ।’




