देश

स्ववियु खारेजीविरुद्ध आठ विद्यार्थी संगठनद्वारा सर्वोच्चमा रिट

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को संरचना खारेज गर्ने सरकारको निर्णयविरूद्ध आठ विद्यार्थी संगठनले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

शुक्रबार एमाले निकट अनेरास्ववियु, नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीलगायत संगठनहरूले अध्यादेशबाट गरिएको स्ववियु खारेजीविरूद्ध रिट दायर गरेका हुन् ।

रिटको पेसी वैशाख २८ गतेका लागि तोकिएको छ । रिटमा विद्यार्थी संगठनहरूले संविधानप्रदत्त संगठन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार हनन भएको जिकिर गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय समेतलाई विपक्षी बनाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *