राजनीति

निर्वाचन टार्ने गरी भएका अनेक बहस अब सकिएः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेक बहस अब सकिएको बताएका छन् ।

सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आशंकाहरु हटेको थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ, उनले लेखेका छन् ।

अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ–संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन, थापाले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *