देश

भट्ट र अग्रवाललाई ७ दिन म्याद थप, अनुसन्धान अघि बढ्दै

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धानका लागि अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आज दुवै जनालाई सात दिनको म्याद थप गर्न अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३० दिनको समय माग गर्दै दुवै जनालाई अदालतमा उपस्थित गराएको थियो। तर अदालतले भने ७ दिनको मात्रै म्याद दिएको छ ।

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समन्वयमा दीपक भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

त्यसपछि चैत २२ गते शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका थिए । दुवै जनामाथि एउटै कसुरअन्तर्गत अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *