देश

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौँ । उपसभामुख रुवी कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहमा सहभागी हुनु पनि सामाजिक र कानुनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले दाइजो लिनु–दिनु मात्र नभई दाइजोको लेनदेनमा आधारित विवाह स्वीकार गर्नु वा त्यस्ता कार्यक्रममा भोज ग्रहण गर्नु पनि गलत भएको उल्लेख गरेकी छन्। “यस्ता अभ्यासले महिलाको सम्मान, समानता र अधिकारमा प्रत्यक्ष आघात पुर्‍याउँछ,” उनले भनिन्।

ठाकुरले सामाजिक परिवर्तनका लागि व्यक्तिगत स्तरबाट सुधार आवश्यक रहेको बताउँदै दाइजो प्रथाविरुद्ध सबैले आफैंबाट सुरुवात गर्नुपर्नेमा जोड दिएकी छन्। उनका अनुसार सानो व्यक्तिगत कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ।

उनले आफूले प्राप्त गर्ने विवाह निमन्त्रणामा ‘दहेजमुक्त विवाह’ स्पष्ट रूपमा उल्लेख नदेखिएको पनि उल्लेख गरेकी छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *