काठमाडौं । पूर्णबहादुर खड्का ले नेपाली कांग्रेस को अनुशासन समितिलाई खुला चुनौती दिएका छन्। उनले पुनः कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि पार्टीभित्र विवाद थप चर्किएको छ। निवर्तमान भइसकेका पूर्णबहादुर खड्का ले पार्टीको लेटरप्याड प्रयोग गर्दै विज्ञप्ति जारी गरेका हुन्। यसअघि पनि उनले सोही हैसियतमा विभिन्न राजनीतिक विषयमा धारणा सार्वजनिक गरेका थिए। विवादको मुख्य कारण गगन कुमार थापाले पार्टीका सबै क्रियाशील सदस्यता खारेज गरिएको बताएका अभिव्यक्ति बनेको छ। खड्काले उक्त भनाइलाई अवैधानिक र आपत्तिजनक भन्दै कडा प्रतिवाद गरेका छन्।
उनका अनुसार क्रियाशील सदस्यता केवल कागजी प्रक्रिया नभई पार्टीसँगको ऐतिहासिक योगदान र पहिचानसँग जोडिएको विषय हो, जसलाई भाषणमार्फत खारेज गर्न नमिल्ने तर्क गरेका छन्। यसअघि नेपाली कांग्रेस को अनुशासन समितिले खड्काको गतिविधिलाई विधानविपरीत ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको थियो। तर उनले उक्त चेतावनीलाई अस्वीकार गर्दै पुनः विज्ञप्ति जारी गरेका छन्। खड्काको पछिल्लो कदमपछि पार्टीभित्रको आन्तरिक विवाद अझै तीव्र हुने संकेत देखिएको छ। अनुशासन समितिले पुनः बैठक बोलाएर थप निर्णय लिन सक्ने जनाएको छ। पूर्णबहादुर खड्का को चुनौतीले कांग्रेसभित्र नेतृत्व, विधान र अधिकारको बहसलाई थप पेचिलो बनाएको छ।कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ।
पार्टीका सभापति गगन कुमार थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको सुरु गरेका हुन्ु । क्रियाशील सदस्यता अध्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रुपमा घोषणा गरेको छ।




