मुख्य समाचार

प्रतिबन्धको विरोधमा कालो बेलुन: आन्दोलन चर्काउने चेतावनी

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा काठमाडौंमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ ।

नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संयुक्त रूपमा राजधानीमा विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थी नेताहरूले संगठनमाथिको प्रतिबन्धलाई अलोकतान्त्रिक र दमनकारी कदम बताएका छन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मात्रिका तिमिल्सिनाले मंगलबार शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई हिरासतमा लिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारको निर्णय फिर्ता नभए देशव्यापी सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्धको घोषणा गरेको छ, जुन पञ्चायतमा समेत भएन । हिजो शान्तिपूर्ण आन्दोलनमा सहभागी साथीहरूलाई हिरासतमा राखिएको छ । त्यसका विरुद्ध नेविसंघ र अनेरास्ववियुले संयुक्त आन्दोलन सुरु गरेका छौँ । आजैदेखि आन्दोलनलाई सशक्त बनाउँछौँ ।’

सरकार मनोमानी ढंगले शासन सञ्चालन गरिरहेको आरोपसमेत विद्यार्थी नेताहरूले लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *