काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्न वैशाख ६ गते बैठक बोलाएको छ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा प्रदेश र स्थानीय सरकारबीचको समन्वय, कार्यसम्पादन र प्रभावकारिता सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।
पार्टी नेतृत्वमा रहेका स्थानीय सरकारहरूको कार्यशैलीलाई जनतामुखी र प्रभावकारी बनाउने विषय पनि छलफलको एजेन्डा रहेको छ।
बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालै गरेको मन्त्रिपरिषद् पुनर्गठनबारे पनि समीक्षा हुने बताइएको छ। उनले कांग्रेस–एमालेबीच मन्त्रालय बाँडफाँट गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।
कांग्रेसले प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्दै संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन नीतिगत छलफल गर्ने जनाएको छ।




