काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समयअघिबाट मात्रै सुरु भएको हो।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यवस्ताको कारणले बैठक बस्न केहीसमय ढिलाइ भएको हो।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल भइरहेको छ ।




