काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्ने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म परामर्श बैठक आयोजना गर्न लागेको हो ।
कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनसम्बन्धी आवश्यक सुझाव सङ्कलन गरिनेछ ।




