देश

जेनजी आन्दोलनको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालय निष्कर्ष

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको छ।

उक्त विषयको सत्यतथ्य छानबिन गर्न मन्त्रालयले सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।समितिले जलेका सवारी साधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धन अभिलेख (अर्धकट्टी), भुक्तानी विवरणलगायत कागजातहरूको अध्ययन तथा विश्लेषणका आधारमा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको मन्त्रालयले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनहरूको नाममा मन्त्रालयका कर्मचारीहरूले इन्धन दुरुपयोग गरेको भन्ने आरोप लागेपछि छानबिन गरिएको थियो।

मन्त्रालयले अपुष्ट तथा भ्रम फैलाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम (सामाजिक सञ्जालसमेत) तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *