राजनीति

रवि लामिछानेको सांसद पद निलम्बनमा

काठमाडौं । सहकारी ठगी प्रकरणका आरोपित पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन् । सभामुख घिमिरेले देवराजलामिछानेलाई सोमबार निलम्बन गरेका हुन् ।

आइतबार लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा जिल्ला कास्की अदालतमा मुद्धा दर्ता भएपछि कास्की प्रहरीले लामिछानेलाई निलम्बन गर्न पत्र पठाएको थियो । त्यसपछि लामिछानेको सांसद पदका विषयमा चौतर्फी टिक्काटिप्पणी भएका थियो । रास्वपा सांसदहरुले सभामुख देवराज घिमिरेलाई लामिछानेको सांसदपद जोगाइदिन आग्रह गरेका थिए । उक्त विषयमा केही निर्णय दिँदै सभामुख घिमिरेले निलम्बनको पत्र टाँस गरेका हुन् । प्रतिनिधिसभा नियमावली अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र टाँस गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको सो कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ‚’ संसद् सचिवालयले टाँस गरेको सूचनामा लेखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *