राजनीति

कांग्रेस र कम्युनिष्ट ३५ वर्षमा १५७ उद्योग बेचेर खाएको उपेन्द्र यादवको आरोप

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ३५ वर्ष शासन गरेका कांग्रेस र कम्युनिष्टले १५७ उद्योग कलकारखाना बेचेर खाएको आरोप लगाएका छन् । मंगलबार सिरहामा आयोजित ‘जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । कांग्रेस र कम्युनिष्टले उद्योग कलकारखाना मात्र होइन, स्वास्थ्य र शिक्षासमेत बर्बाद गरेको आरोप लगाए ।

‘३५ वर्ष अगाडि मात्र ३४० जना विदेशमा काम गर्न गएका थिए’, उनले भने, ‘तर उद्योग कलकारखाना सबै बन्द भएपछि मानिसहरु खाडी मुलुक साउदी अरब, कतार जान थाले । अहिले करिब ७० लाख युवा विदेशमा छन् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *