राजनीति

एकीकृत समाजवादी पार्टीद्धारा २४ सदस्यीय सचिवालय गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले २४ सदस्यीय सचिवालय गठन गरेको छ । मंगलबार पार्टी कार्यालय आलोकनगरमा सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको हो ।

सचिवालयमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने छ । बैठकले पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ । कार्यविभाजनका सन्दर्भमा आएका सुझावहरूलाई अध्ययन गरी दुई दिनपछि टुंग्याउने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *