राजनीति

मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बैठक किन स्थगित भयो भन्ने खुलाइएको छैन ।

अहिले बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

शीर्ष नेताहरुबीचको छलफल अबेर सुरु भएका कारण ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक भने स्थगित गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *