काठमाडौँ । पूर्वमन्त्री सुदन किराँती र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बीच समसामयिक राजनीतिक अवस्था र राष्ट्रिय सरोकारका विषयमा सहकार्यको सम्भावनाबारे छलफल भएको छ।
काठमाडौँको चाबहिल क्षेत्रमा भएको भेटवार्तामा जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्याहरू समाधान गर्न समन्वयात्मक रूपमा अघि बढ्ने विषयमा विचार आदानप्रदान गरिएको स्रोतले जनाएको छ।
हाल विभिन्न सार्वजनिक व्यक्तित्वहरूबीच सहकार्य र वैकल्पिक राजनीतिक ध्रुवीकरणबारे चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी स्थानीय तहका जनप्रतिनिधिसँग समेत सहकार्य विस्तार गर्ने सम्भावनाबारे भइरहेको बहसबीच उक्त संवादलाई महत्वपूर्ण रूपमा लिइएको छ।




