राजनीति

चीनले नेपालको राष्ट्रियतामाथि आक्रमण गर्‍याे : जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले चीनको नयाँ राजनीतिक नक्साले नेपालको राष्ट्रियतामाथि ठेस लागेको बताएका छन् । शुक्रबार जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै चीनले जारी गरेको राजनैतिक नक्सा परिवर्तन गर्न पनि माग गरेको छ ।

नेपालले २०७७ सालको जेठ ३१ गते दार्चुला जिल्लाको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर जारी गरेको नयाँ चुच्चे नक्सालाई २८ अगस्त २०२३ मा चिनियाँ सरकारले जारी गरेको आफ्नो मुलुकसहित विश्वको नक्सामामा मान्यता नदिएकाले यसवारे राष्ट्रिय जनमोर्चाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

चीनले आफ्नो नक्सामा २०७७ जेठभन्दा अगाडिको नेपालको नक्सालाई राख्नु र विगतमा नेपाललाई जानकारी नै नदिई भारतसँग लिपुलेक नाकालाई चीन र भारतका बिच व्यापारिक नाकाको रूपमा विकास गर्ने सम्झौता गर्नुले कालापानीको सवालमा चीनले नेपाललाई लात हानेर भारतको पक्षमा रहेको संकेत गरेको छ ।

कालापानी, लिपुलेकसहितको भूभाग समेटेर नेपालले नक्सा जारी गरे पनि त्यसका पक्षमा भारतसँग प्रभावकारी ढङ्गबाट अहिलेसम्म नेपाल सरकारले कूटनीतिक पहललाई तीव्र पार्न सकेको छैन । स्वयं भारत भ्रमणका क्रममा समेत नेपालका प्रधानमन्त्री प्रचण्डले त्यसबारेमा कुनै कुरा नउठाउनुले सरकारको आत्मसमर्पणवादी प्रवृत्तिलाई स्पष्ट पार्दछ । भारतीय साम्राज्यवाद कालापानीमाथिको कब्जालाई सहज ढङ्गबाट छोड्ने मनस्थितिमा नरहेको प्रस्ट छ , जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *