काठमाडौँ । विवादित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले म्याद थप गर्ने आदेश दिएको हो ।
अनुसन्धानका लागि विभागले ३० दिनको म्याद माग गरे पनि अदालतले हाललाई ७ दिनको म्याद थप गरेको हो । यसअघि पनि उनीहरूलाई वैशाख ९ गते ७ दिन म्याद थप गरिएको थियो ।
भट्टलाई चैत १९ गते र अग्रवाललाई चैत २१ गते पक्राउ गरिएको थियो ।




