राजनीति

रामकुमार झाँक्री गुल्मी–२ बाट चुनाव लड्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी सांसद रामकुमारी झाक्री गुल्मी क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने भएकी छन् ।

झाँक्री काठमाडौंबाट चुनाव उठ्ने समेत हल्ला चलेका बेला उनले फेसबुकमा एउटा तस्बिर राख्दै आफू गुल्मी क्षेत्र नम्बर दुईमा चुनाव लड्ने जानकारी दिएकी हुन् ।

झाँक्रीले एमालेको विरासतलाई तोडेर देखाउने समेत घोषणा गरेकी छन् । गुल्मीको क्षेत्र नम्बर दुईमा एमालेका गोकर्ण विष्ट सांसद छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *