राजनीति

माधव नेपालले भने– बाम एकताका लागि सधै सकारात्मक छु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताका लागि जहिले पनि सकारात्मक रहेको बताएका छन्।

सम्पादकहरूसँगको छलफल अध्यक्ष नेपालले मूल उद्धेश्यका लागि एकतावद्ध भएर जान आफूहरूलाई आपत्ती नभएको बताए ।

उनले भने,‘ बाम एकतामा हामी जहिले पनि पोजेटिभ छौ। तर कुन वाम एकता ? विचारमा मिलेर जानसक्ने अवस्थामा मूल उद्धेश्यका लागि एकतावद्ध भएर जान सक्ने हो भने हामी तयार छौ।’

नेकपा एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले आगामी चुनावमा बाम गठबन्धन बनाउने प्रयास गरिरहेको सार्वजनिक भएका बेला अध्यक्ष नेपाल समेत एकताका लागि सकारात्मक रहेको बताएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *