राजनीति

एसपीपी खारेज गर्नुपर्छ– माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) खारेज गर्नुपर्ने बताएका छन् ।

पार्टी निकट युवासङ्घ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपिपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सरकारले यसलाई खारेज गर्नुपर्ने बताएका हुन् ।

एसपिपीको विषयमा आफू, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र जसपा अध्यक्ष उपेन्द्र यादवका बीचमा शनिबार्रै छलफल भएको भन्दै उनले यसलाई अस्वीकार गरिने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *