काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि असन्तुष्ट पक्षसँग संवाद थालेका छन् ।
सभापति थापाले नेता डा. शेखर कोइरालासँग छलफल अघि बढाएका हुन् । यसक्रममा उनले आज विशालनगरस्थित सम्पर्क कार्यालय पुगेर कोइरालासँग करिब एक घण्टा भेटवार्ता गरेका थिए ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार थापाले आजै नेता पूर्णबहादुर खड्कासँग पनि भेट गर्ने तयारी गरेका छन् । उनले पार्टी एकता र आगामी महाधिवेशनलाई सहज बनाउन सभापति थापाले पहल थालेको बताए ।
यसअघि पनि थापाले खड्कासँग एक पटक भेट गरिसकेका थिए भने कोइरालासँग यो पहिलो भेटवार्ता हो । पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा संवाद भइरहेको बताइएको छ ।




