काठमाडौं । नेपाली कांग्रेस अर्घाखाँची जिल्ला समितिले स्थानीय तह चुनावमा अन्तर्घात गरेको आरोपमा उपसभापतिसहित १० जनालाई निलम्बन गरेको छ ।
कांग्रेस अर्घाखाँची जिल्ला उपसभापति बाबुराम पौडेल, पूर्व क्षेत्रीय सभापति मणिराम पौडेल, पाणिनी गाउँपालिका–८ का पूर्व सभापति यज्ञप्रसाद पौडेल, भुमिकास्थानका नगरपालिका सचिव तारा घिमिरे, ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णु मरासिनी र हरिप्रसाद मरासिनीलाई साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निलम्बन गरेको हो ।
त्यस्तै महाधिवेशन प्रतिनिधि सिर्जना विक, पाणिनी–८ का क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई ६ महिनाका लागि निलम्बन गरेको छ ।




