काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भेटेका छन्।
भेटमा मेयर हमालले प्रधानमन्त्री देउवालाई धनगढीका विभिन्न समस्याको समाधानका लागि लिखित रूपमै माग गरेका छन् । धनगढी डुबानको समस्या समाधानका लागि संघीय सरकारबाट बजेट विनियोजन गरिदिन माग गरेको हमालले जानकारी दिए ।
जवाफमा प्रधानमन्त्री देउवाले संघीय सरकारले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।




