राजनीति

रेशम चौधरी भेट्न जेलमा पुगे डा. सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेलमा रहेका रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।

नागरिक उन्मुक्ती पार्टी खोलेको चौधरीलाई भेट्न राउत डिल्लीबजार सदर खोरमा पुगेका हुन् । भेटवार्ताका क्रममा आसन्न संघ र प्रदेशको चुनावमा गठबन्धन गरेर जाने विषयमा छलफल भएको छ ।

भेटवार्ताका क्रममा पुराना पार्टीहरूले पटक–पटक सम्झौता, वार्ता र आश्वासनका नाममा आन्दोलनकारी शक्तिहरूसँग पटक-पटक धोका मात्रै दिएको समान धारणा व्यक्त भएको समेत बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *