राजनीति

घनश्याम भुसाललाई कारबाही तयारी हुँदा योगेशको असहमति

काठमाडौं । स्थायी कमिटि सदस्य घनश्याम भुसाललाई कारबाही गर्ने एमालेको तयारीप्रति सचिव योगेश भट्टराईले आपत्ती जनाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बोलेको भन्दै एमालेको अनुशासन आयोगले कारबाही सिफारिस गरेको केही समयमै सचिव भट्टराई अप्ठ्यारो बेलामा सबै समालिनुपर्ने बताएका हुन् । उनले ट्विटरमा लेखेका छन्,‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि कृया र प्रतिकृयाले सहि ठाउँमा पुर्याउँदैन । फेरी पनि बादे बादे जायते तत्व बोध ।’

एमाले विभाजन हुने समयमा १० भाईको समुह बनाएर अघि बढेका समुहमै रहेका भुसाललाई कारबाही गर्ने तयारी हुँदैगर्दा सचिव भट्टराईले असहमति जनाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *