राजनीति

अन्ततः एमाले नेता घनश्याम भुसालमाथि कारबाहीको सिफारिस

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटि सदस्य घनश्याम भुसाललाई पार्टीले कारबाही गर्ने भएको छ ।

एमालेको अनुशासन आयोगले भूसाललाई कारवाहीको सिफारिस गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेको बताइएको छ ।

स्थानीय चुनावमा एमालेले पराजय भोगेको भन्दै भुसालले अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने बताएका थिए । आयोगले सिफारिस गरेको भएपनि कस्तो कारबाही हुने भन्ने पार्टीले नै टुङ्गो लगाउनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *