काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीमा जसपाका प्रमुख सचेतक प्रमोद शाहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरेर दोषीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आक्रमणमा घाइते शाहलाई मेडिसीटी अस्पतालमा पुगेर भेट्दै गृहमन्त्री खाणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गरिने बताएका हुन् ।
सांसद शाहलाई गृहजिल्ला सर्लाहीमा शनिबार बिहान आक्रमण भएको थियो । आक्रमणबाट उनको टाउकोमा गहिरो चोट लागेको छ।




