काठमाडौं । सरकारलाई समर्थन गरेको जनमोर्चा र विप्लव नेतृत्वको नेकपासहित विभिन्न ८ राजनीतिक दल तथा संगठनले एमसीसी खारेजीको माग गर्दै संसद भवन घेराउ गर्ने घोषणा गरेका छन् ।
आइतबार बसेको आठ दल तथा संगठनको बैठकले एमसीसी राष्ट्रिय स्वाधिनताका विरुद्धमा रहेको ठहर गर्दै त्यसविरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
बैठकले यही माघ २६ गते एमसीसीविरुद्ध काठमाडौंमा संसद भवन अगाडि विरोध सभा गर्ने र सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको छ।




