काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूलाई छलफलमा बोलाएका छन् ।
खड्काले वैशाख १५ गते आफू पक्षीय निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । बैठक महाराजगन्जस्थित स्मार्ट होटलमा बस्ने तय भएको एक नेताले बताएका छन् ।
सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सभापति गगन थापालाई दिएपछि उत्पन्न परिस्थितिमा थप रणनीति तय गर्न बैठक बोलाइएको बताइएको छ ।
पूर्वसभापति शेरबहादुर देउवा समूहले सर्वोच्चको फैसला स्वीकार गर्ने निर्णय गरिसकेको छ भने सभापति गगन थापाले खड्कासँग सहमतिको लागि संवाद सुरु गरिसकेका छन् ।




