काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच शनिबार सवा ६ बजे शीतल निवासमा भेटवार्ता भएको हो ।
सुरक्षा स्रोतका अनुसार शनिबार बेलुका राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीका बिचमा भेटवार्ता भएको हो ।
भेटवार्ताका बारेमा औपचारिक रुपमा जानकारी सार्वजनिक नभएपनि स्थानीय तहको चुनावका बारेमा छलफल भएको हुनसक्ने आंकलन गरिएको छ ।




