देश

एनआरएन कानुन मस्यौदामा छलफल, संविधानअनुसार अधिकार सुनिश्चित गर्न जोड

काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीसम्बन्धी कानुनको मस्यौदामाथि गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

अन्तरक्रियामा संघका अध्यक्ष तथा पूर्वअध्यक्षहरूले मस्यौदामाथि विभिन्न सुझाव प्रस्तुत गर्दै नेपालको संविधानमा उल्लेखित सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारसँग मेल खाने गरी गैरआवासीय नेपालीका आकांक्षा समेटिनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमको सुरुवातमा परराष्ट्र सचिव अमृतबहादुर राईले गैरआवासीय नेपाली संघलाई मन्त्रालयको विश्वसनीय साझेदारका रूपमा लिँदै आगामी दिनमा सहकार्य अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरे।

त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले उक्त कानुनको मस्यौदा आगामी संसद् अधिवेशनमा पेश गर्ने योजना रहेको जानकारी दिए। उनले संविधानका लक्ष्य र भावनालाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दै त्यसको व्यवहारिक कार्यान्वयन सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *