काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ ।
एमाले केन्द्रीय कार्यालयको सोमबार बसेको बैठकले आगामी वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न चुनावको मिति घोषणा गराउन सरकारलाई दबाब दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
चुनावको मिति घोषणा गर्न दबाब दिन पार्टीका सबै जनसंगठनलाई एकसाथ परिचालन गर्ने निर्णय भएको भट्टराईले जानकारी दिए । केन्द्रीय कार्यालय बैठकले स्थानीय तह चुनावको तयारी थाल्न पार्टीका मातहत कमिटीहरूलाई निर्देशन दिएको छ ।




