देश

अनुसन्धानकै बीच प्रमुखको परिवार सेयरधनी खुलासा

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले विवादास्पद व्यापारी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर रहेको स्वीकार गरेका छन् ।

हाल प्रहरी हिरासतमा रहेका व्यापारी भट्टविरुद्ध सोही विभागको सिफारिसमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढिरहेको छ । तर अनुसन्धानकै क्रममा भट्टसँग सम्बन्धित हिमालयन रि-इन्स्योरेन्स कम्पनीमा महानिर्देशककी श्रीमती राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता सेयर रहेको विवरण सार्वजनिक भएपछि स्वार्थ द्वन्द्वको प्रश्न उठेको छ ।

महानिर्देशक ठाकुरले उक्त लगानी आफूले गरेको स्वीकार गर्दै कानुनी प्रक्रिया अन्तर्गत गरिएको दाबी गरेका छन् । उनले लगानी बैंक ऋण र सञ्चय कोषमार्फत गरिएको र कुनै पनि अवैध उद्देश्य नरहेको स्पष्ट पारेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *