राजनीति

राप्रपा अध्यक्ष लिङ्देनले गरे पदाधिकारी मनोनयन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारी र विभाग प्रमुखहरु मनोनयन गरेका छन् । लिङ्देनले २ उपाध्यक्ष, २ महामन्त्री, ७ सहमहामन्त्री, ४ प्रवक्ता, ६ सहायक महामन्त्री र ३ सहायक प्रवक्ता मनोनयन गरेका हुन् ।

उपाध्यक्षमा हेमजंग गुरुग र मुकुन्दश्याम गिरी, महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रहलाद प्रसाद साह मनोनयन गरेका लिङ्देनले ४ जना नेताहरुलाई पार्टीको प्रवक्ता तोकेका छन् ।

झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाललाई प्रवक्ताको जिम्मा दिइएको छ ।

राप्रपामा दुई महामन्त्री र दुई उपाध्यक्ष अध्यक्षले मनोनित गर्ने प्रावधान छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *