मुख्य समाचार

संसदीय समिति बनाउने कांग्रेसको तयारी

काठमाडौं । नेपाली काँग्रेसले मंगलबार संसदीय समिति गठन गर्ने तयारी थालेको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकपछि काँग्रेसका शीर्ष नेताबीच संसदीय समिति गठन गर्ने सहमति भएको जनाइएको छ ।

संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न ४ तहमा संसदीय समिति गठन गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । एक पदाधिकारीका अनुसार भोलि बस्ने केन्द्रीय समितिको बैठकले समिति गठन गर्ने भएको हो ।

भोलि नै कांग्रेसले आगामी चुनावमा उम्मेदवार छान्नका लागि काँग्रेसले १६५ निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा संसदीय समिति बनाउने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *