काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थानीय तह निर्वाचनमा भएको अन्तरघात बारेमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा छानबिन गर्न गठित अनुशासन विभागका संयोजक टंक राईले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएका हुन् ।
माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तरघातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजक समेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा राईसहित खिमलाल देवकोटा र मुक्ति प्रधान थिए । स्थानीय निर्वाचनमा माओवादी केन्द्रभित्रैबाट घात-अन्तरघात भएको आवाज उठेपछि छानबिन समिति गठन गरिएको हो ।




