काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णाली प्रदेशमा अब कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन्। सुर्खेतमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेबीच भएको राजनीतिक सहमति कार्यान्वयनको चरणमा पुगेको उल्लेख गरे।
थापाले कर्णालीमा सत्ता नेतृत्व परिवर्तनको समय आएको भन्दै कांग्रेसले अब प्रदेश सरकारको जिम्मेवारी सम्हाल्ने दाबी गरे। उनले गठबन्धनबीच भएका समझदारीअनुसार सरकार गठन प्रक्रिया अघि बढ्ने संकेत पनि दिएका छन्।
हाल कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेका यामलाल कँडेलले गरिरहेका छन्। २०७९ सालको निर्वाचनपछि एमालेले प्रदेश सरकारको नेतृत्व गर्दै आएको छ।
सभापति थापाको पछिल्लो अभिव्यक्तिलाई कर्णाली प्रदेशको सत्ता समीकरण परिवर्तनको संकेतका रूपमा हेरिएको छ।




