देश

प्रतिनिधिसभामा विपक्षीको सामूहिक विरोध, सभामुखको आश्वासनपछि बैठक सुचारु

काठमाडौं । प्रतिनिधिसभा बैठकको सुरुमै विपक्षी दलहरूले उठेर विरोध जनाउँदै केही समय अवरोध गरेका छन्। बैठक सुरु हुनासाथ नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू एकैसाथ उभिएर असन्तुष्टि प्रकट गरेका हुन्।

विपक्षीको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्दै आकस्मिक समय उपलब्ध गराइने जानकारी दिए। सभामुखको आश्वासनपछि विरोधमा उभिएका सांसदहरू आसनमा फर्किएपछि बैठक अघि बढाइएको हो।

बैठकको प्रारम्भमै देखिएको विपक्षीको अवरोधका कारण केहीबेर संसद् प्रभावित बनेको थियो। यद्यपि सभामुखको पहलपछि वातावरण सामान्य बन्दै बैठक नियमित कार्यसूचीअनुसार अघि बढेको संसद् सचिवालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *