काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले विज्ञान, प्रविधि, नवप्रवर्तन र अनुसन्धानलाई राज्यको प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उनले आफू सरकारमा रहँदा नवप्रवर्तन र विकास अनुसन्धानका लागि अध्यादेश ल्याउने प्रयास गरेको स्मरण गराउँदै त्यसलाई अघि बढाउन वर्तमान सरकारलाई आग्रह गरे ।
सांसद पुनले विज्ञान प्रविधि, नवप्रवर्तन र अनुसन्धानका लागि छुट्टै मन्त्रालय गठन गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
उनले विसं २०८२ फागुन २१ गते सम्पन्न निर्वाचन गराउने सरकारमा आफू मन्त्री रहेको उल्लेख गर्दै त्यही निर्वाचनबाट वर्तमान संसद् र सरकार गठन भएको बताए ।
पुनले तत्कालीन सरकारले ल्याउन खोजेका तीन अध्यादेशमध्ये विश्वविद्यालयसम्बन्धी अध्यादेश अहिलेको सरकारले अघि बढाएको भन्दै त्यसमा सुधार आवश्यक रहेको धारणा राखे ।
उनले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन कुलपति प्रधानमन्त्री नहुने व्यवस्था गरिनुपर्ने मागसमेत गरे ।




